न्यूज अपडेट
भक्तपुर, ३ फागुन

नेपाल क्रान्तिकारी युवा संघ अगुवाइमा साेमवार युवाहरूले मालपोत कार्यालय भक्तपुरमा घेराउ गरेका छन् ।
मालपोत कार्यालयलगायत नापी, भूमिसुधार कार्यालयमा भईरहेकाे भ्रष्टाचार तथा अनियमितता विरूध्द युवाहरूले मालपोत कार्यालयमा धर्ना दिएका थिए ।
विभिन्न नारा लेखिएका प्लेकार्ड सहित पुगेका युवाहरूले चर्का चर्का नारा लगाएर भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरे ।
युवाको टीमलाई युवा अध्यक्ष मीनबहादुर बाटाले सम्बाेधन गरेका थिए ।