पछिल्लो २४ घण्टामा ७२१९ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १९ जेठ

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ५ हजार ५२४  जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएको छ।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ।

देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *