प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्युठानमा १, बाँकेमा २, रोल्पामा २ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा मात्र ३ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा २, डडेल्धुरामा ७ र बझाङमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।