जग्गा दान

अर्थ/वाणिज्य समाचार

अछाम, २२ माघ


जिल्ला प्रहरी कार्यालय अछामअन्तर्गत अस्थायी प्रहरी पोष्ट बेलखेतका लागि एक स्थानीयवासीले रु नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीयवासी डम्मरबहादुर शाहीले प्रहरी चौकीका लागि जग्गा दान गरी जिल्ला प्रहरी कार्यालय अछामको नाममा नामसारी गरेको जनाइएको छ ।

शाहीले जिल्ला प्रहरी कार्यालय अछाममै पुगेर जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अस्थायी प्रहरी पोष्ट स्थापना भएको ठाउँमै प्रहरी जग्गा प्राप्त भएपछि आफूहरुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

जग्गा भएपछि भविष्यमा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई रकम माग गर्न पनि सजिलो भएको शाहीको भनाइ छ । उनका अनुसार जिल्लाभरिका छ बाहेक सबै प्रहरी चौकी असुरक्षित भाडाका घरमा बस्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *