नेपाल फार्मेसी संघ, चितवनकाे अध्यक्षमा पन्त चयन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, १७ जेठ


नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा विनोद पन्त चयन भएका छन । भरतपुरमा आइतवार सम्पन्न फर्मासिष्टहरूको भेलाले पन्तको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा पार्वती वगाले र हरि प्रसाद पौडेल, महासचिवमा ओमकार सापकोटा, सचिवमा प्रभात पौडेल र विनय सापकोटा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा विजय पौडेल, सहकोषाध्यक्षमा अजय घिमिरे चयन भएका छन् । समितिको सदस्यहरूमा सुशील सिग्देल, विशाल खड्का, विनोद लामिछाने, श्रवण ढकाल, प्रदीप पाठक, रोशन बस्नेत, विकास मिश्र र धर्मनाथ यादव चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको लागि बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *