बैंक तथा वित्तीय संस्थाहरुलाई स्प्रेडदर नबढाउन राष्ट्र बैंकको निर्देशन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १७ फागुन

बैंक तथा वित्तीय संस्थाहरुलाई स्प्रेडदर नबढाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) नबढाउन निर्देशन दिएको छ ।
बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाही गर्ने जानकारी दिएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४ दशमलव ४ प्रतिशत तथा ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई ५ प्रतिशत स्प्रेड दर तोकेको छ ।
तोकिएको स्प्रेडदरको सीमा कुनै पनि महिनामा नाघेमा उक्त त्रैमासको अन्त्यसम्म सीमाभित्र ल्याउनुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ । त्रैमासको अन्त्यसम्म तोकिएको सीमामा नल्याउने संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गर्ने निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *