यी हुन् बच्चाका लागि जरुरी पौष्टिक तत्व

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २२ बैशाख

क्यालोरी: ५ वर्षभन्दा बढी उमेरका बालबालिकाका लागि पुर्ण क्यालोरी आवश्यक हुन्छ, जसबाट उनीहरु बढीभन्दा बढी सक्रिय रहन सकुन्। हाई क्यालोरीको अर्थ फ्राइ गरेको खाना भने होइन। बरु उनीहरुलाई दुध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ।

प्रोटीन: बढ्दो उमेरका बालबालिकालाई प्रोटीन आवश्यक हुन्छ। बच्चाको मांसपेशकिो सही विकासका लागि हड्डी मजबुुत बनाउन प्रोटीन चाहिन्छ। यसका लागि पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा इत्यादि दिनुपर्छ।

भिटामिन र खनिज: बच्चाको सम्पुर्ण विकासका लागि भिटामिन र खनिज तत्व भरपुर दिनुपर्छ। उनीहरुलाई क्याल्सियमयुक्त पौष्टिक पदार्थ दिनुपर्छ। भिटामिन र आइरनका लागि बच्चालाई अधिकमात्रामा हरियो सागसब्जी दिनुपर्छ।

फल: फलमा भिटामिन, आइरन र अन्य पौष्टिक तत्व पाइन्छ। बालबालिकालाई बढीभन्दा बढी फलको जुस तथा मौसमी फलको सेवन गराउनुपर्छ। अंगुुर, स्याउ, सुुन्तलाजस्ता फल खुवाउन सकिन्छ।

पानी र फाइबर: बच्चाको स्वास्थ्यका लागि पानीको धेरै महत्व छ। पानीका अलावा सुपजस्ता तरलपदार्थको सेवन गराउनुपर्छ। यसका सथौ फाइबरयुुक्त पदार्थ दिनाले बच्चामा पानीको कमी हुुन पाउँदैंन।

बच्चालाई सन्तुलित आहार दिन के गर्ने?
बच्चालाई सन्तुलित आहार दिनका लागि दैनिक उनीहरुको रुचीको पौष्टिक खाद्यपदार्थ दिनुपर्छ।
जबर्जस्ती नभई मायाले सम्झाएर खुवाउनुपर्छ।
खानालाई सकेसम्म आकर्षक बनाउनुुपर्छ। जस्तो सलाद, काचो फल, सागसब्जी काटेर आकर्षक बनाउन सकिन्छ।
बच्चालाई बाहिर खेल्ने स्वीकृति दिनुपर्छ, ताकि बढी भोक लागेर खान सकोस्।
सकेसम्म जंकफुडबाट टाढै राख्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *