वागीश्वरीमा प्रयोगात्मक तथा आन्तरिक मूल्यांकन गोष्ठी

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, ८ चैत


वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षा तथा आन्तरिक मूल्यांकन गोष्ठी शनिवार सम्पन्न भएको छ । वागीश्वरी मा.वि.÷कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीमा अहिले अतिरिक्त क्रियाकलाप, अतिथि प्रवचन कार्यक्रम र वार्षिक कार्य तालिकाको आवश्यकता भएको औल्याए । कार्यक्रममा उनले समय परिस्थितिअनुसार कोल्टो फेर्न जानिएन भने महत्व घट्ने बताउँदै राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए । साथै उनले गृहकार्य मूल्यांकनको पद्दतिलाई पुनर्जिवित गर्नुपर्ने स्पष्ट पारे ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरीका हरेक गतिविधिलाई अरुले नजिकबाट नियाल्ने भएकाले विद्यार्थी केन्द्रीत गतिविधिहरुलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । त्यसअनुसार नै वागीश्वरीले विभिन्न नीतिहरु बनाएको स्पष्ट पारे ।
सहायक प्रधानाध्यापकद्वय कृष्ण प्रसाद कर्माचार्य र उकेश सुवालले पाठ्यक्रम, कार्यविधि र ग्रीड अनुसार विषयगत छलफल गरेमा नतिजा राम्रो ल्याउन सक्ने बताए । प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न विषयका विषय शिक्षकहरु भानु हुमागाइँ, विकल प्रजापति, रमेश प्रजापति, राजन चौगुठी, चण्डेश्वरी लाखा लगायतले प्रयोगात्मक र आन्तरिक मूल्यांकनसम्बन्धी आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *