Wednesday, May 15, 2024

चाँगुनारायण नगरपालिकाले पनि बिनाधितो र बिनाब्याज तीन लाख ऋण दिने

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

भक्तपुर, ५ चैत्र

 

युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ।

चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो ।

राष्ट्रिय युवा परिषद्ले ऋण लिने तीन सय ७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन सुरू गरेको छ । तालिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए ।

नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए ।

युवालाई उद्यमशीलताका लागि बिनाब्याज तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *