भक्तपुरमा खानेपानीको समस्या

कला/साहित्य विशेष समाचार समाचार

रीता सुवाल
भक्तपुर, २६ फागुन


खानेपानीको समस्या कुनै नौलो कुरो होइन । यसको समस्या धैरै बर्ष पहिला देखि नै थियो र यो समस्यालाई हटाउन धेरै पहिला देखि नै विभिन्न उपायहरु अपनाउँदै आएका छन् । समय अनुसार यसको समस्या अझ बढ्ने क्रममा छ । त्यस्तै गोल्मढी ७, भक्तपुरमा खानेपानीको समस्या निक्कै पहिला देखि नै रहिरहेको छ । यहाँका स्थानीय बासिन्दा भन्छन्, ‘खानेपानीको समस्या यस समुदायको मुख्य समस्या मध्य एक हो । हप्ताको मुस्कीलले एक दुई दिन मात्र पानी आउँछ यो पनि एक दुई गाग्री मात्र । आफुलाइ आवश्यक पानी पूर्ति गर्न ट्याङ्कीको पानीमा भर पर्नु पर्ने ।’ महिनाको १ हजार ५ सय तिरी पानी किन्नुपर्ने उनीहरुको भनाइ छ ।

खानेपानीको समस्यालाई हटाउने धेरै कार्यक्रम तथा घरघरमा धारा लगाएर पानीको वितरण गर्ने लगायत थुप्रै क्रियाकलाप भइसकेको छ अझ पानी नआएको उनीहरुको गुनासो छ । हुनेले पानी किनेर उपयोग गरेता पनि नहुनेले त्यही धाराकै भरमा आफ्नो जीवन बिताइरको पनि छ । पानीसमेत किनेर खानुपर्छ भने अन्य कुरा नसोचे पनि हुन्छ भनेर उक्त समुदायका वासिन्दा कृष्ण भक्त दुवाल भन्छन् । हामी सानो छँदा पानीको समस्या त्यति थिएन तर जब बाक्लो बस्ती हुँदै गयो र बस्ती अनुसार मानिसको चापले गर्दा पानीको समस्या पनि बढ्दै गयो भनी उनले बताए । यो समस्या अझ बढ्न सक्ने उनको भनाइ छ । त्यही समुदायका अर्को बासिन्दा गंगा लक्ष्मी सुवाल भन्छन् हामी पानीको लागी चिसो समयमा बिहानै उठेर पानी ल्याइए पनि पानीको समस्या समाधान हुन नसकेको र पानीको लागी नै झगडा गरी शत्रु पनि कमाएको उनले भने । पानीका लागि सुत्दै नसुति धाराबाट पानी ल्याएको समय अझ पनि याद आउँछ भनी उनले भने । पानीका लागि समुदाय सबै मिलेर खानेपानी संस्थानमा गएर जति उजुरी गरेपनि काग कराउँदै पिना सुक्दै छ भने जस्तै भएको छ भन्ने उनीहरुको गुनासो छ । जसरी पानीको समस्या छ त्यस्तै पहिला लोडसेडिङको पनि समस्या थियो तर आज यो समस्या हटेको र यसरी नै पानीको समस्या पनि हट्छ भनी उक्त समुदायको आशा अझ पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *