कोभिड १९ विरुद्धको खोपबारे अभिमुखीकरण

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, १८ फागुन


भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारको आधिकारिता प्राप्त कोभिड सिल्ड खोप अभियानमा व्यापक जनताको सहभागिताको लागि जनतालाई प्रोत्साहित गर्ने बताए ।
उनले खोप अभियानलाई जनप्रतिनिधिहरु जनताबीच नजिक जाने अवसरको रुपमा लिएर जनताप्रति समर्पित भएर सेवा गर्नुपर्ने बताए ।
उनले कोभिड १९ बारे देखिएको भ्रमबाट जनतालाई सचेत पार्नुपर्ने बताउँदै कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेको हुँदा जनताको स्व—इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा जोड दिए ।


नयाँ स्वरुपको कोरोना भाइरस पत्ता लागेको वर्तमान समयमा नेपालमा पनि सक्रिय संक्रमितहरुको संख्या बढ्न सक्ने भएकोले सबैजना सचेत र सजग हुनु आजको आवश्यकता हो उनले भने ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले अभिमुखीकरण कार्यक्रम सञ्चालनको उद्देश्यबारे प्रष्ट पार्दै कोभिड १९ रोगको परिचय, खोप लगाउनुको औचित्य, रोग पहिचान गर्ने तरिका र यसबारे बच्ने उपायहरुबारे आफ्नो प्रस्तुतीकरण देखाउनुभएको थियो ।
जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले सञ्चालन गरेको सो कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधिहरु, प्रमुख स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *