थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८४७ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ पुस

नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २६ हजार ४ सय ७७ पुगेको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *