बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ८ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको  छ। बिहीबार ३३६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७०० जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा एकजना,  संखुवसभामा एकजना, सुनसरीमा २ जनामा  कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर २ को धनुषामा २ जना र सप्तरीमा एएकजनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १२, धादिङमा एकजना, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६ र सिन्धुपाल्चोकमा  एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा एकजना, तनहुँमा २, नवलपरासीमा पूर्वमा २, पर्वतमा ४, लमजुङमा एकजना, बाग्लुङमा ७ र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा २ जना, गुल्मीका ४, दाङमा ४, नवलपरासीमा एकजना,  प्युठानमा एकजना, वर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा  ५ र रोल्पामा एकजनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना र सुर्खेतमा एकजनामा  कोरोना संक्रमण देखिएको छ ।  सुदूरपश्चिम प्रदेशको   कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ र बाजुरामा एकजनामा  कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *