तेस्रो पटक सकारात्मक सर्किट लागेर नेप्से कारोबार आइतबारको लागि बन्द

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, ५ साउन

शेयर कारोबार आइतबार नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको हो । यसँसगै  आइतबार दिनभरका लागि सेयर कारोबार बन्द भएको छ । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।

मौद्रिक नीतिका कारण शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अधिकांश कम्पनीको शेयर भाउ बढेको छ । लगानीकर्ताको मनोविज्ञान निकै सकारात्मक भएको देख्न सकिन्छ । यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।

आइतबार नेप्से ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेर बन्द भएकोे छ । ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँमा १ लाख ८० हजार ५९६ कित्ता शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *