दैनिक ३ घण्टा सहकारी खोल्न मन्त्रालयको निर्देशन, भन्यो-जनताको निक्षेप सहजै दिनु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १२ बैशाख

बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन दिएको छ ।

बिहीबार मन्त्रालयले सूचना जारी गर्दै सहकारीमा बढीमा ३ जना कर्मचारी खटाई दिनमा ३ घण्टा संस्थाको कार्यालय खुल्ला गर्न निर्देशन दिएको हो । मन्त्रालयले सहकारीलाई आफ्नो निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई निक्षेप रकम उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

हाल विश्वभर फैलिएको कोरोना भाईरसका कारण बैंक वित्तीय संस्थाहरु बन्द रहेका छन् । सहकारीहरुमार्फत सर्वसाधारणलाई सेवा पुर्याउन दैनिक ३ घण्टा खोल्न निर्देशन दिएको हो । मन्त्रालयका अनुसार मन्त्रालयको वैशाख ११ गतेको मन्त्रीस्तरको निर्णयानुसार उक्त निर्देशन जारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *