वीर अस्पतालले हाजिर नगर्ने २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २८ पुस

वीर अस्पतालले नियमित हाजिर नगर्ने सयभन्दा बढी कर्मचारीको तलब रोक्का गरेको छ।

अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो।

वीर अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम राखेको भएपनि २ सय भन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको पाइएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए।

कर्मचारीहरुले नियमित हाजिर नगर्दा अस्पतालको सिस्टम विग्रिएको भन्दै उनीहरुको तलब रोक्का गरिएको अस्पतालका निर्देशक डा सेञ्चुरीले जानकारी दिए।

‘हाम्रो अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम छ। तर कतिपय कर्मचारीले आएको समयको मात्र हाजिर गर्ने, कतिले हाजिर नै नगर्ने, कतिपयको ड्युटीको समयका कारण सिस्टमले रिड नगरेको अवस्था थियो,’ डा सेञ्चुरीले भने, ‘अस्पतालले लागु गरेको सिस्टम त नियमित हुनुपर्छ, कर्मचारीले यो सिस्टम पालना गर्न  हेलचेक्र्याई गरेकोले तलब रोक्क गरका छौं।’

डा सेञ्चुरीले काम गरेर हाजिर नगरेका कर्मचारीको हकमा भने उनीहरुसँग स्पष्टिकरण सोधेर तलब दिने जानकारी दिए।
‘तलब काटिएपछि उहाँहरुले हाजिर नगर्नुको कारण बताउनुहोला। यदि काम गरेर हाजिर नभएको वा सिस्टमले रिड नगरेको छ भने उहाँहरुको तलब यो पटकलाई दिन्छौं।’

डा सेञ्चुरीले अस्पतालमा ड्युटी नै नगरेका र हाजिर नभएका कर्मचारी छन् भने उनीहरुको तलब फिर्ता नहुने बताए।
अस्पतालले बनाएको नियम पालना गर्नु सबै कर्मचारीको दायित्व भएको भन्दै डा सेञ्चुरीले कर्मचारीहरुलाई अस्पतालको नियम पालना गर्न पनि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *