कान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

पेइचिङ, ४ पुस (सिन्ह्वा)

 

कान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो : उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

चीनको कान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्याग्नेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनीहरूका अनुसार सोमबार राति कान्सु प्रान्तको जातीय काउन्टीमा ६.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य मिडियालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

राष्ट्रपति सी चिनफिङले वेपत्ताको खोज तथा पीडितहरूको उद्धार गरी प्रभावित जनताको जीउ धनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई विशेष निर्देशन दिनुभएको ग्लोबल टाइमम्सले उल्लेख गरेको छ । यसै क्रममा राज्य परिषद्ले भूकम्प राहत मुख्यालय तथा आपत्कालीन व्यवस्था मन्त्रालयले राष्ट्रिय भूकम्प आपत्कालीन प्रतिक्रियालाई स्तरोन्नति गरेको छ ।

भूकम्पले घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार कतिपय स्थानमा विद्युत तथा खानेपानी समेत अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ वटा कुकुर परिचालन खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । साथै एक हजारभन्दा बढी उपकरणको प्रयोग गर्दै पाँच सय ८० उद्धार कर्ता खटाएको छ ।

कान्सुका पार्टी प्रमुख हु चाङसेङ र कान्सु गभर्नर रेन झेन्हे उद्धार र राहतको निरीक्षण गर्न विपतग्रस्त क्षेत्रमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *