काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २३ पुस

पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७  जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९८ हजार २७६ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार ३५७ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ४८२ जना संक्रमित भएका छन्। जसमा १४९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ४ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९९९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७४३ जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार ४४३ ललितपुरमा ३२९  र भक्तपुरमा १४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *