२१६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ पुस

देशभर हाल २ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ६८ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ५८ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ९ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस्तै, देशभर हाल १ हजार ५ सय ६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार ५८ कुल सक्रिय संक्रमितमध्ये १ हजार ५ सय ६१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ४, प्रदेश २ मा ५७, बागमती प्रदेशमा ४ सय ७५, गण्डकी प्रदेशमा २ सय ८१, लुम्बिनी प्रदेशमा ४ सय ८, कर्णालीमा १७ र सुदूरपश्चिममा २ सय १९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *