नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच भेट

विशेष समाचार समाचार

भक्तपुर, १५ असार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरुले भेट गरे । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी सदुपयोग गर्ने विषयमा भक्तपुर नपा र नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच छलफल भयो ।

छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी,भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्य याङजोम शेर्पा, नेपाल ट्रष्ट कार्यालयका इन्जिनियरिङ श्रीकान्त भट्टराई, शाखा अधिकृत अच्युतकुमार काफ्ले र नापि अधिकृत राधिका तिमिल्सनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *