थप ४ संक्रमितको मृत्यु,मृतकको संख्या १९०३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २३ पुस

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ। गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा एकै दिन ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *