दुई करोड ५४ लाखमा बनाए भक्तपुरको रानीपोखरी, साँझ दीपावली

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ फागुन


भक्तपुरको दुधपाटीस्थित धेरै वर्ष पहिलेदेखि विरेन्द्र सैनिक महाविद्यालयले कब्जामा लिइराखेको न्हू पुखु (रानी पोखरी)को मंगलबार एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उद्घाटन गरेको छ । चार करोड ४१ लाख लगत इस्टमेट रहेको उक्त पोखरीमा २२ टोलीका आठ सय चौरासी जनाले जनश्रमदान गरेका कारण दुई करोड ५४ लाख रुपैयाँको कूल खर्चमा सम्पन्न भएको नगरपालिकाले बताइएको छ । आजै साँझ रानीपोखरीमा दीपावली गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विजुक्छेँले कला संस्कृति जनताले जोगाउने हो, वाह्य मानिसले होइन भन्दै भक्तपुरका पुरातत्व विभाग र राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकालाई जिम्मा नदिएसम्म जोगाउन गाह्रो हुने थम्याए । पुरातत्व र संग्रहालयका प्रमुख व्यक्ति काठमाडौंमा गएर बस्ने भएसम्म यहाँका जग्गा दलालीहरु प्लटिङ गरेर पुरातात्विक क्षेत्र र जग्गा निजी क्षेत्र र व्यक्तिको हुन गएको प्रति सबै सतर्क हुनुपर्ने औल्याए । उनले नेपाली समाज उत्तरतर्फबाट अनुग्रहित भैरहेकोले यहाँ निर्माण भएका विविध कला संस्कृति पनि त्यसैबाट प्रभावित भैरहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले सम्पदा संरक्षणमा स्थानीय जनसहभागिताले उल्लेखनीय योगदान गरेको चर्चा गर्दै उनले स्थानीय निकायमार्फत उपभोक्ता समिति बनाएर यस्ता कार्य भइरहेकोमा खुशी व्यक्त गरे । साथै उनले देशघाती एमसीसी सम्झौताको पारितसँगै नेपाल सिक्कीम र पूर्वी पाकिस्तान बनाउन खोजेको बताए । साथै उनले जनताको घरजग्गा उठाउँदै ठूलो हिस्सामा एमसीसीमार्फत प्लटिङ गरेर जनतालाई दुःख दिन खोजेको औंल्याए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत गरेको उक्त कार्यक्रममा सभापतिको आसनबाट प्रमुख सुनिल प्रजापतिले जनताको साथ र सहयोगले भक्तपुर नगरपालिकाले ठूलो हिस्सामा निर्माण पुनर्निर्माण गरिसकेको बताए । यो पनि अत्यधिक जनश्रमदानकै निचोद रहेको बताए ।


कार्यक्रममा वागमती प्रदेशका सभासद्द्वय सुरेन्द्रराज गोसाई, सृजना सैंजू, इतिहासविद् तेजेश्वरबाबु ग्वंग, पूर्व न्यायाधिस गौरी बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, राष्ट्रिय कला संग्रहालयका प्रमुख मोहनसिं लामा, भक्तपुर मासिकका सम्पादक लक्ष्मण राज जोशी, न्हूपुखु अध्ययन समितिका संयोजक ई.सुनिल दुवाल, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भक्तपुर न.पा. १ वडाध्यक्ष श्यामकृष्ण खत्री, ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले उक्त पोखरीको बारेमा स्पष्ट पारेका थिए ।

२०७६ जेठ १५ गते उपभोक्ता समितिमार्फत कार्य शुरु भएको उक्त रानीपोखरीको २०७८ फागुन १२ गते कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । प्रमुख अतिथिले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन, ह्वौँ ह्वाँै पाटीको रिवन काटेर र पोखरी बीचको नागमा बेलुन उडाएर उद्घाटन गरेको हो । विभिन्न बाजागाजा सहित दुधपाटीबाट ¥याली गरी जनउत्साहका साथ कार्यक्रमस्थलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो । प्रमुख अथिथिबाट न्हू पुखू (रानीपोखी) जीर्णोद्वार २०७८ पुस्तकको पनि विमोचन गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *