भक्तपुर बचतले गरे तीन दिने पावर प्वाइन्ट तालिम

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ७ माघ

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको तीन दिने पावर प्वाइन्ट तालिम आइतबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले संस्थाबाट दिएका विभिन्न तालिमहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । उमेरले काम गर्न छेक्दैन, मन र इच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिने उनले बताए । व्यक्तिमा अभिव्यक्ति नभए, श्रोतालाई बुझाउन नसके तालिमको औचित्य सकिने उनको भनाइ छ । साथै भोलिवादको अन्त्य गर्नुपर्ने बताउँदै हरेक काम अल्छी नभईकन गरे तुरुन्तै पूरा हुने उनले स्पष्ट पारे ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाको हरेक राम्रा पक्षलाई समुदायबीच लिएको तालिमबाटै स्पष्ट बुझिने किसिमले प्रस्तुत गर्नुपर्ने बताए । उनले तालिमले व्यक्ति मात्रै होइन, व्यक्तित्व समेत बनाउने भएकाले तालिमबाट प्राप्त कलालाई अनुशरण गर्नुपर्ने बताए ।

प्रशिक्षक जित बहादुर देउजाले पावर प्वाइन्टलाई उपायोग गर्न विषयवस्तु प्रस्तुत गर्ने कला पनि सिक्नु आवश्यक भएको बताए । उनले व्यक्तिसँग उत्साह, ऊर्जा, उमंग र उन्नयन भए अन्य कुरा सहजै अगाडि बढ्ने बताए ।
सहभागी २६ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरेको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, सदस्य विकल कोजु प्रशिक्षार्थीहरु प्रभा प्रजापति, दयालक्ष्मी धन्छाले पनि बोलेका थिए । प्रशिक्षकहरुलाई अध्यक्ष निर्मल प्रजापतिबाट मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *