बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार  ९७९ जना पुगेको छ। गत २४ घण्टामा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा एकजना, झापामा १०, तेह्रथुममा एकजना, मोरङमा १५, सुनसरीमा ६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा एकजना र रौतटहमा एकजनामा  कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र २५० जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा ११, चितवनमा १८ , धादिङमा ६, नुवाकोटमा ११ भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा एकजना, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा एकजना, तनहुँमा १०, नवलपरासी पूर्वमा एकजना, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १९, बागुलङमा १४ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९,गुल्मीमा एकजना, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा एकजना, बर्दियामा ५, बाँकेमा १८ र रुपन्देहीमा ४५ जनामा कोरोना पाइएको छ।

यस्तै कर्णाली प्रदेशको जुम्लामा एकजना, र सुर्खेतमा ४ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ६, कंचनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३,  डोटीमा ३, बझाङमा ३ र बाजुरामा एकजनामा  कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *