२९८ आइसियु र भेन्टिलेटरमा, ४११९ संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ८ मंसिर

देशभर हाल २ सय ९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ४८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा छन्। यो प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ४ हजार १ सय १९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ७ हजार ५ सय १५ कुल सक्रिय संक्रमितमध्ये ४ हजार १ सइ १९ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ३ सय ९६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ हजार ९ सय जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा २ सय २१, प्रदेश २ मा २८, गण्डकी प्रदेशमा ६ सय ५६, लुम्बिनी प्रदेशमा ७ सय ३०, कर्णालीमा १ सय ६ र सुदूरपश्चिममा ४ सय ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *