केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय 

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ७ मंसिर

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *