चार महिने जापानी भाषा तालिम उद्घाटन कार्यक्रम

समाचार

भक्तपुर, १६ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्घाटन गरे ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले आफूले सिकेको शिक्षा र सीपबाट समाज र देशको हितको निम्ति प्रयोग गर्नुपर्ने र कम समयमा बढी ज्ञान हासिल गर्न प्रशिक्षार्थीहरुलाई उत्साहित गरे । भाषा सिकाइ आफैमा गा¥हो विषय भएको र निरन्तर अध्ययनले जस्तोसुकै गा¥हो र जटिल विषय पनि सरल बन्दै जाने धारणा उनले राखे ।
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारका विषयबारे सत्यतथ्य पत्ता लगाउन भक्तपुर नगरपालिकाद्वारा गठित छानबिन समितिले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर भ्रष्टाचारविरोधी इतिहास बोकेको ठाउँ भएको र यहाँ हुने अनियमितता र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरे ।
भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ सल्लघारीस्थित १०८ रोपनी जग्गा संरक्षण र सम्बद्र्धन गर्न पर्खाल निर्माण गरेको प्रस्ट पार्दैै उनले त्यस जग्गालाई अधिकत्तम जनताको हितको निम्ति प्रयोग गर्ने बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई कला र संस्कृतिको खुला संग्रहालयको रुपमा व्याख्या गर्दै भक्तपुरमा विदेशी पर्यटकहरुको आवागमन वृद्धि भएका कारण नगरपालिकाले विभिन्न भाषाका तालिमहरुको प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको बताए ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे अवगत गराउँदै नगरबासी युवाहरुको उज्ज्वल भविष्यको निम्ति सीपमूलक र रोजगारमूलक तालिमहरु सञ्चालनमा जोड दिइरहेकोे बताए ।
कार्यक्रममा जापानी भाषा तालिमका प्रशिक्षकद्वय अमिर लिबी र कमलकेशरी खर्बुजाले कक्षामा नियमित उपस्थिति हुनुपर्ने, भाषा सिक्ने रहरले भन्दा सिक्ने भावनाको विकास गर्नुपर्ने र भाषाको माध्यमबाट आफ्नो देशको संस्कृतिबारे विदेशीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
भक्तपुर नपाद्वारा सञ्चालन हुने जापानी भाषा तालिममा ८६ जना प्रशिक्षार्थीहरु छनोट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *