नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
एजेन्सी, ७ मंसिर

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो।

बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् । त्रिस्टियाना केयर अस्पतालकी नर्स ताबे मासाले बाइडेनलाई खोप लगाइदिएकी छिन् ।

यसअगाडि शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै कोरोनाविरुद्धको खाेप लिएका थिए। पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि खाेप लगाएका थिए

आफूले खाेप लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले खाेप मेडिकल चमत्कार भएको बताए । इतिहासमा यो साता कोरोना महामारीको अन्त्यको सुरुवात भएको साताका रुपमा रहने पेन्सले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *