४ सय ४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४४ जना आइसियु र १५ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ८ आइसियु र भेन्टिलेटरमा  २ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० आइसियु र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु  उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *