तस्वीरहरुमा यो वर्षको विस्का जात्राका अन्तिम फोटाे फिचर, जात्रा सामान्य

कला/साहित्य विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ बैशाख
गत वर्षकाे चैत्र २७ गते भैरवकाे रथ तानेर सुरू भएकाे विस्का जात्रा यस वर्षकाे बैशाख ५ गते भैरवकाे रथ जात्रा गरी सम्पन्न भएकाे छ।
चैत्र २७ गतेकाे भैरवकाे रथ जात्रादेखि हालसम्मका सम्पूर्ण जात्रा शान्तिपूर्ण, मर्यादित र संस्कृतिमय नै देखेकाे अवलाेनकर्ताहरूकाे ठम्याइ छ । छिटपुत घटना बाहेक भक्तपुरकाे यस वर्षकाे जात्रा अहिलेसम्मकै साैहार्दपूर्ण रहेकाे स्थानीय बताउँछन् ।
चैत्र ३० गतेकाे लिङ्गाे उभ्याउने र बैशाख १ काे लिङ्गाे ढाल्ने जात्रा पनि सामान्य नै रह्याे । टाेल टाेलका खट जात्राहरू स्थानीयबासीकाे उत्साहवर्दक सहभागितामा सम्पन्न भयाे । त्यस्तै हात नभएकाे लिङ्गाे उभ्याउने र ढाल्ने जात्रा पनि सामान्य नै रह्याे ।
विगतका वर्षहरूमा झै यस वर्ष पनि विस्का जात्राले धनजनकाे क्षति गर्ने धेरै मान्छेले साेचे पनि त्यस्ताे नभएकाेमा खुशी छन् ।
यस वर्षकाे अन्तिम दिन बैशाख ५ गतेकाे भैरवकाे रथ जात्रामा सुरूका समयमा थनेतिर (तल्लाेतिर) सुकुलढाेकासम्म ल्याएपनि काेनेतिर (माथिल्लाेितर) बल लगाएका कारण सहजै बंशगाेपालसम्म लग्न सफल भए । बैशाख ५ अर्थात विस्का जात्राका अन्तिम दिन भैरवकाे रथ जात्रामा देखिएका फाेटाहरूकाे फिचरकाे रूपमा प्रस्तुत गरेका छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *