छात्रा मृत प्रकरण: चितवन मेडिकल कलेजका दुईजना डाक्टर निलम्बित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २९ बैशाखsharethis sharing button

चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेको घटनामा त्यहाँ कार्यरत दुईजना डाक्टर निम्बनमा परेका छन्।

स्कुल अफ डेन्टल कलेजमा कार्यरत डा अभिषेक गुप्ता र डा हरेन्दै सिंह निलम्बनमा परेका छन्।
दुईजना डाक्टरका बारेमा विद्यार्थीहरुबाट गुनासो आएपछि उनीहरुलाई निलम्बन गरिएको मेडिकल कलेज प्रशासनले जनाएको छ।
यसअघि विद्यार्थीहरुले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।

फेडरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्सले चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत छात्रा थापाले बुधवार आन्तरिक परीक्षा दिई रहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यस पछि उनले आफ्नो कोठामा गई आत्महत्या गरेको आरोप लगाउदै दोषीलाई छानबिन गरी कडा कारवबाहीको माग गरेको थियो।

मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा बुधबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। पाल्पा रामपुर नगरपालिका– ४ घर भएकी  २३ वर्षीया सिमरन थापा भरतपुर(१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै मृत फेला परेकी हुन्।
345639218_260287503120408_2775536114177912239_n1683807375.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *