पछिल्लो २४ घन्टामा १८९३ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ असाेज

sharethis sharing button

पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।यो सँगै नेपालमा  ४९ हजार ९ सय ५४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ४४ सय हजार ४ सय ७४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  ४ सय १४ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४५१६
प्रदेश २– १२७६०
बाग्मती प्रदेशमा –११८१२
गण्डकी प्रदेशमा –२९४१
प्रदेश ५मा –७७७५
कर्णाली प्रदेशमा –२७८२
सुदूरपश्चिम प्रदेशमा ६३६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *