२४ घण्टामा १००५ जना व्यक्ति संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ असाेज

पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा  ४७ हजार २ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालय दिएकाे जानकारी अनुसार ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख २३ सय हजार ८ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  ६ सय ११ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ -४२३७
प्रदेश २ – १२३८९
बाग्मती प्रदेशमा – ११३९६
गण्डकी प्रदेशमा – २७९५
प्रदेश ५मा – ७४३७
कर्णाली प्रदेशमा – २७३०
सुदूरपश्चिम प्रदेशमा- ६२५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *