२१४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ असाेज

देशभर हाल २ सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये २ सय १४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्।

१ सय ७९ जना आइसियु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा संक्रमितहरु आइसियु र भेन्टिलेटरमा छन्। यी प्रदेशमध्ये पनि प्रदेश २, गण्डकी र कर्णालीमा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।

आइसियु र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र १ सय २७ जना आइसियु र ३३ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा छन्।

प्रदेश १ मा ७ जना आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियुमा छन्। गण्डकीमा ६ जना आइसियु, प्रदेश ५ मा २४ जना आइसियु र १ भेन्टिलेटरमा, कर्णालीमा ११ जना आइसियुमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *