वि.सं. २०७७ असोज ३ गते शनिबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ३ असाेज

वि.सं. २०७७ असोज- ०३,शनिबार ,ई.सं.२०२० सेप्टेम्बर ,१९,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-द्वितीया , १२:२४ बजे उप्रान्त तृतीया,नक्षत्र-हस्त , ०७:५३ बजे उप्रान्त चित्रा,योग-ब्रह्म , २०:४१ बजे उप्रान्त ऐन्द्र,करण-कौलव १२:२४ बजेदेखि तैतिल , २३:११ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कन्या,आनन्दादि योग-मृत्यु, सूर्योदय-५:५१, सूर्यास्त- १८:०२ ,दिनमान-३० घडी २७ पला,संविधान दिवस। द्विपुष्कर योग ७:५३ देखि १२:२४ बजेसम्म।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सही निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अवसर रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यात्रा हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइ बीच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाइदा अरुले उठाउन सक्नेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलीको प्रभावको कारण मान्यजनको साथ पाइनेछ । खानपानको कारण स्वास्थ सम्बन्धी सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारीवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्धि हुनसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्ने सम्भावना रहेको छ । कुरा काट्ने हरुको वृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । बौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाइदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धी समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाजुभाइ तथा इष्टमित्र बीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा विशेष होश पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजन बीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ सम्बन्धी समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका व्यक्तिबाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानी क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । मित्रजनहरु बीचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *