प्यूठानमा सुविधा सम्पन्न आइसोलेसन कक्ष स्थापना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
प्यूठान, १७ भदौ


प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जिल्लास्तरीय सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ । सरकारले लामो समयदेखिको बन्दाबन्दी खुलाएपछि प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ । जिल्लामा लक्षण सहितका भाइरसका संक्रमति फेला परे बाहिरी जिल्लाका आइसोलेसनमा पठाउनै पर्ने बाध्यता भएपछि जिल्लामा पहिलो पटक ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको पहलमा प्यूठान नगरपालिका–४ विजुवार स्थित ज्येष्ठ नागरिक संरक्षण केन्द्रमा आइसोलेसन कक्ष तयार गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

आईसोलेसन केन्द्र सञ्चालन मापदण्ड अनुसार सुरक्षा, एम्वुलेन्स, सववाहन, स्वास्थ्यकर्मीको व्यवस्थापन लगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन मिलाइएको छ । केन्द्रमा आवश्यकता अनुसार ७० बेडसम्म राख्ने गरी तयारी गरिएको छ । आइसोलेसनको सुरक्षाको जिम्मा नेपाली सेनालाइ दिइएको छ । आइसोलेसनमा लक्षण सहितको संक्रमितलाई राखिने छ ।
प्यूठानमा हालसम्म ४ सय ४८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३ सय ८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार जिल्लाबाट कोरोना परीक्षणको लागि स्वाब पठाइएकामध्ये ४ सय १० जनाको अझै परीक्षण रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *