नेमकिपाको २९औं केन्द्रीय परिषद् चालू

राजनीति विशेष समाचार समाचार

भक्तपुर, १९ साउन । नेपाल मजदुर किसान पार्टीको २९ औं केन्द्रीय परिषद् शनिबार जारी रह्यो ।
बैठकमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनतालाई झूटा आश्वासन र लोभ देखाएर पार्टीमा ल्याउन नहुने, सिद्धान्तबारे बताएर सङ्गठन गर्नुपर्ने, समाज सरलतापूर्वक नजाने भएकोले सङ्गठन आवश्यक हुने, सरकारमा गएका पार्टी र कार्यकर्ताहरूले जिल्ला जिल्लामा गरेका अनियमिततालाई उदाङ्ग्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले परिषद्मा प्रस्तुत प्रतिवेदनमा उल्लेख विषयहरूले देशको तस्वीर प्रस्तुत गरेको, ती विषय पार्टीको प्रकाशनमार्फत जनतालाई सुसूचित गर्नु कार्यकर्ताहरूको कर्तव्य हुने र पुँजीवादी विचार राख्नेहरूबाट नेमकिपाको विरोध हुने हँुदा पुँजीवादी पार्टीहरूविरुद्ध जनतालाई सचेत गराउनुपर्ने बताउनुभयो ।
परिषद्मा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले माक्र्स–एँगेल्सले कम्युनिष्ट घोषणापत्र लेख्नु हुँदाको युरोपको अवस्था, अर्काे वैकल्पिक केन्द्रीय सदस्य सृजना सायजूले अतिरिक्त मूल्यको सिद्धान्त र नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले अन्य जिल्लामा सङ्गठन गर्दाको अनुभव बताउनुभयो ।
बैठक आइतबार पनि चालू रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *