त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

वीरगञ्ज, ६ भदाै

वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेशनल ट्रेडिङको गोदाममा शंकास्पद आगलागी भएको छ ।

बिहीबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्ममा आगलागी भएको संचालकले दावी गरेका छन् । आगलागी हुँदा गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर्मको मेसिनरी पार्टस् भण्डारण गरी राखिने गोदाममा आगलागी हुँदा लाखौँ बराबरको क्षति भएको सञ्चालकले जनाएका छन् ।

पर्सा र बाराबाट आएका वारुण यन्त्र तथा स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएइएको थियो । ट्रयाक्टरको पार्टसहरू राख्ने गोदाम भएकोले आगलागीबाट खासै क्षति नपुर्याउने भएपनि वीमा दावी गर्नका लागि ठूलो क्षतिको विवरण लेखाउने दाउमा सञ्चालक रहेका छन् । मेशिनरी गोदाममा फलाम नै बढी हुने भएकोले फलामलाइ आगोले खास फरक पार्दैन । सञ्चालक ध्रुव साहको नाम भएपनि अप्रत्यक्ष लगानी चाचान समूहको भएकोले वीमा दावीका लागि आगलागीको घटना गराएको हुन सक्ने आशंका गरिएको छ ।

कोरोना महामारीमा पूरा देश नै ठप्प भएर ट्याक्टरको पार्टपूर्जाको कारोबार खासै नभएपछि व्यापार घाटा पूर्ति गर्न वीमा दावीका लागि आगलागी गराएको आशंका छ । अहिले विद्युत शर्किटको खासै समस्या नरहेकाले गोदाममा कसरी विद्युत सर्किट सर्ट भयो भन्ने प्रश्न उब्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *