भारतमा थप ४४ हजार कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, १३ भदाै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ। अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ दशमलब०३ प्रतिशत रहेको छ भने ९७ दशमलब ६३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

भारतमा दैनिक सङ्क्रमण दर २ दशमलब ४५ प्रतिशत रहेको र सङ्क्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ।

मन्त्रालयका अनुसार कोरोना निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ। अहिले सङ्क्रमित अवस्थामा रहेका विरामीमध्ये १ दशमलब३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *