प्रथम नेपाल भाषाा साहित्य सम्मेलन(तमुंज्या) काठमाडाैंमा सम्पन्न

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ चैत

प्रथम नेपाल भाषाा साहित्य तमुंज्या काठमाडाैंकाे खुसिबुँस्थित नेपा बैंक्विटमा बुधबार सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले साहित्य र गीतकाे माध्यमबाट सरकारले गरेका देशघाटी कदमकाे विराेध गर्नु समयकाे आवाज भएकाे बताए । उनले सिंहदरवारमा बस्ने नेताहरूले आत्मसमर्पण गरेपछि हामी जनताकाे केही नलाग्ने भएकाले देश दुर्घटनातर्फ नपठाउनका लागि जनता आफै सजग र सचेत बन्नुपर्ने स्पष्ट पारे । राजधानीका नेवारहरूकाे कला र संस्कृतिप्रति अरूकाे चासाे नहुने भएकाले हाम्राे कला, संस्कृित र सम्पदाकाे हामीले नै संरक्षण गर्न जाेड दिँदै उनले पैसा र भाेज भतेर गराएर निर्वाचनमा राजधानीका नेवार समुदायकाे भाेट किनेकाे आराेप लगाए ।

त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल भाषाा साहित्य तमुंज्या किर्तिपुरका सचिव नारायण महर्जनले वर्ग संघर्ष र क्रान्तिका लागि तयार नभएसम्म उपत्यकाका नेवारहरूकाे उत्थान हुन नसक्ने बताए । उनले हरेक चुनावमा नेवारहरूकै मतबाट उपत्यकामा गैरनेवारले रजाइँ गरिराखेकाे र त्यसले वास्तविक श्रमजीवी नेवारले केही पनि नपाएकाे स्पष्ट पार्दै अबकाे चुनावमा तिनीहरूलाइ हराउनुपर्ने तर्क राखे । साथै उनले जनपक्षिय साहित्यले जनताकाे  सेवा गर्ने भएकाले राजनीतिक रूपमा सचेत र संगठित गर्न साहित्य हतियार सावित हुने अदान राखे ।

वागमति प्रदेश सभासद सुरेन्द्र राज गाेसाइले एमसीसी सम्झाैता हरेक किसिमबाट आउनसक्ने भएकाले जहिले पनि सचेत र संगठित भैराख्नुपर्ने स्पष्ट पारे । अर्का सभासद् सृजना सैंजूले महिला मुक्तिका लागि समाजवादी व्यवस्थाकाे बन्दोबस्त हुनुपर्ने तर्क राखे । उनले कांग्रेस, एमाले, माओवादीजस्ता पार्टीबाट श्रमिक महिला मुक्ति हुन नसक्ने र त्यसले झन महिला हिंसा र अपराधलाइ प्रश्रय दिएकाे स्पष्ट पारे ।

नेपाल भाषाा साहित्य तमुंज्या, भक्तपुरका अध्यक्ष आशाकुमार चिकंवंजारले समाजकाे आमूल परिवर्तन गर्न नसक्ने साहित्य कागजकाे खाेस्ता मात्रै हुने बताउँदै हामीले जनसाहित्यकाे उत्थान गरी राजनीतिक रूपमा जनतालाइ सचेत पार्नुपर्ने बताए ।

नेपाल भाषा साहित्य तमुंज्या, काठमाडाैंका अध्यक्षा कुल नारायण महर्जनकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा सुरेन्द्र महर्जनले पनि बाेलेका थिए ।

बीचबीचमा साहित्यकारहरूकाे साहित्य र प्रगतिशील तथा क्रान्तिकारी गीत संगीतले कार्यक्रमकाे आकर्षण थपेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *