Tuesday, May 14, 2024

भक्तपुरका ८ सहित उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, ४ भदाै

 

काठमाडौं उपत्यकामा बुधबार थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा ७ महिला र १० पुरुष तथा भक्तपुरमा २ महिला र ६ पुरुष रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल आईसीयूमा १३१ जना छन् भने भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *