काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० साउन

शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ।

काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।

शुक्रबार देशभर ५९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २५ हजार ५ सय ५१ पुगेको छ। भने २४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १७ हजार ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *