दुई हजार चार सयले बढ्यो सुनको भाउ

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ साउन

बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

साताको शुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो ।

रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तर्राष्ट्रिय बजारमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *