मकवानपुरमा १० प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

मकवानपुर, २९ साउन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा १० जना प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

जस मध्ये उपमहानगरपालिका ९ का ७ जना, हेटौँडा ५ का ४जना, हेटौँडा ४ का ४ जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको चौलागाईंले बताए । चितवन र काठमाडाैं घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको हो ।

त्यस्तै बिहीबार १० प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये तीन जना प्रदेश प्रहरी कार्यालय हेटौँडाका रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *