न्यूज अपडेट
काठमाडाैं, २८ साउन
भदौ एक गतेदेखि नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उपरजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए ।
अनलाईन प्रणालीपछि नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने प्रवक्ता गैरेले बताए । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फाइल तयार नगरिने र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै आधार मानिने कार्यालयले जनाएको छ ।
पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्ने व्यवस्था गरिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन नपर्ने सक्कल कागज पत्र कम्पनीले आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।
यस्तै सेयर लगत अभिलेख पनि कम्पनी रजिष्ट्रारले विद्युतीय प्रति नै राख्ने छ ।