न्यूज अपडेट
काठमाडाैं, २६ साउन

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको रहेकी छिन् ।
शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
उनमा पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या रहेको चिकित्सकले जनाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि चिकित्सक संघ नारायणी अस्पताल शाखाले साउन २७ गते मंगलबार दिउँसो २ बजेसम्म मात्र सम्भव भएसम्मका सेवा दिने र त्यसपछि इमरजेन्सीबाहेक थप सेवा दिन नसक्ने जानकारी गराएको छ ।