२०७७ साल साउन २६ सोमबारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २६ साउन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक यात्राको योग रहेको छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । नजिकको व्यक्तिबाट आँटेको काम सम्पन्न हुने छ ।

बृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) अनावशयक काममा धन खर्च होला । यात्रामा माल सामान हराउन सक्छ । मौसम अनकुल नहुँदा स्वास्थ्यमा वाधा उत्पन्न हुने छ । माया प्रेममा सामिप्यता घटेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा बाधा उत्पन्न हुने छ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना नहुँदा मनमा खिन्नता प्रकट होला ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) लामोसमय देखि रोकिएको कामको गाँठो फुक्ने छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । मठ मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप उर्जा प्राप्त हुने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,ड ) प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । तपाईको वुद्धि र विवेकको सहि प्रयोग गर्न सकेको खण्डमा आजको दिन सबैभन्दा भाग्य उदयको दिन हुने छ । वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने छ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विपरीत वर्गप्रति आर्षण बढ्ने छ । रमणिय र सुखद यात्राको योग रहेको छ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । नयाँ कामको थालनी हुने छ ।

कन्य ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मनमा शान्ति मिल्ने छ ।आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । पठानपाठाना मन जाने छ । धार्मिक यात्राको योग रहेको छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते)  स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ ।

बृश्चिक( तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउँन सकिनेछ भने स्कूल कलेजमा गरीएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भ) व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरीने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा) पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् ।

मीन( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आजको साझेदारी र ठेक्कापट्टामा विशेष लाभ मिल्ने छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउन सहज हुनेछ । घरमा अतिथिको आगमन हुने छ । मनमा उत्सहाका साथै बोली विक्ने समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *