वृद्धाश्रमबाट खाद्यान्न सहायता

अर्थ/वाणिज्य समाचार

 

वर्षा खत्री
भक्तपुर, १४ साउन

ओम वृद्धाश्रम, ठिमीले फ्यूजन नेपाल संस्थालाई अति आवश्यक स्थितिमा रहेका मानिसहरु सम्म पुर्याइदिन खाद्यान्न सहयोग गरेको छ। उक्त वृद्धाश्रमबाट संस्थालाई ५ बोरा चामल ,१ बाकस बिस्कुट , चिउरा र पिठो लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको छ । उक्त वृद्धाश्रमका संयोजक तथा कोअर्डिनेटर गणेशमान श्रेष्ठ र सम्पुर्ण वृद्धाश्रमका जेष्ठ नागरिकहरुबाट दोश्रो चोटि सहयोग उपलब्ध भएको हो।यस अघि लकडाउनको मारमा परेको व्यक्तिहरुको लागि पनि उक्त वृद्धाश्रमबाट खाद्यान्न सहायता प्राप्त भएको थियो । फ्यूजन नेपाल संस्थाले प्राप्त भएको खाद्यान्न लकडाउनको बेलामा अति आवश्यक अवस्थाका मानिसहरुसम्म पुर्याउन मद्दत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *