राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ

विशेष समाचार समाचार

काठमाडौं, २१ फागुन

राष्ट्रियसभाका नवनिर्वाचित १८ जना सांसदले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बिहान नयाँ बानेश्वरको ल्होत्सेमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। सपथ लिनेमा नेकपाका १६ जना र राजपाका २ जना छन्।राष्ट्रियसभाका लागि १८ जना नयाँ सांसदले सपथ लिएका छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ। दुई वर्षे कार्यकाल पूरा गरेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसद घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *