२०७७ साल साउन १० गते नाग पञ्चमी शनिबारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १० साउन

मेष  : ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव वढ्नेछ ।

बृषः  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो्र) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ भने स्कूल कलेजमा गरीएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ ।

मिथुनः (का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडी छोड्नेछ ।

कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो )यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुँदा मन खिन्न रहनेछ । उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ ।

सिंहः (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या  : ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा स्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पती तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

तुला : ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ ।

बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू ) माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

धनु  : ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाती रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केहि समय पर्खनु उचित हुनेछ ।
नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् ।

मकर  : ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ ।

कुम्भ  : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ ।आउने ठाउँबाट रुपैया पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् ।

मीन : ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरु बीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *